भैरहवा विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लियो बुद्धको जहाज

  • भैरहवा विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लियो बुद्धको जहाज
  • भैरहवा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ।

    गएराति काठमाडौंबाट यात्रु लिएर भैरहवा गएको बुद्ध एयरको नाइनएन एओसी कलसाइनको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएरर अघिल्लो भाग घाँसे मैदानमा पुगेको हो।

    बुद्ध एअरका सञ्चार प्रबन्धक दिपेन्द्र कर्णका अनुसार भारी वर्षाका कारण स्किड (चिप्लिएर) जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो।

    जहाजमा  रहेका ५६ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको उनले बताए।

    उहाँहरू राति नै आ-आफ्नो गन्तव्यतर्फ लागिसक्नुभयो। राति नै हामीले रेस्क्यु फ्लाइट पठाएर जहाजको चेकजाँच सुरू भइसकेको छ,’

    जहाज बिहानसम्म पनि धावनमार्गमै छ। जहाज धावनमार्गमै रहेका कारण विमानस्थल ठप्प छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation