नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा

  • नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्याकक्षमा कांग्रेस र एमालेका नेताहरुबिच छलफल चलिरहेको छ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर  पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेपछि कांग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ ।

    एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबिच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि कांग्रेस र एमालेका नेताहरु गृहकार्यमा जुटेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation