पूर्वराष्ट्रपति भण्डारी निवासमा प्रधानमन्त्री ओली

  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् ।

    प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्री ओलीसहित चपलीमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता सामेल छन् ।

    भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् ।

    ‘खासमा पूर्वनिर्धारित सेड्युलमा आउनुभएको हो,’ बज्राचार्यले भने, ‘सन्दर्भ यस्तो पर्‍योजस्तो देखिन गएको हो ।’

    भण्डारी फेरि राजनीतिमा आउने चर्चाबीच यी दुई पूर्वसहकर्मीको भेट भएको हो ।

    ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । सोमबारै करिब पूर्ण आकारको क्याबिनेट बनाउने तयारी रहेको एमाले स्रोतले बताएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation