प्रधानमन्त्री नियुक्तिपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद

  • प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ।’

    नवनियुक्त प्रधानमन्त्री ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थिए ।

    प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार अपरान्ह ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation