त्रिशूलीमा थप ४ शव फेला

  • त्रिशूली नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् ।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।

    शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् ।

    यसअघि पाँच शव फेला परेको थियो । नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ ।

    शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतामा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएको थियो । ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर किनारामा निस्किएका थिए ।

    अहिलेसम्म अन्य यात्रु र बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation