गौरवशाली इतिहास बोकेको अर्जेन्टिना, अप्रत्यासित नतिजा निकाल्न खप्पिस कोलम्बिया

वि.सं.२०८१ असार ३० आइतवार १५:४६
91
shares
shares

-
अर्जेन्टिनाविरुद्ध कोलम्बिया (बिहान ५ः४५ बजे)
-
सोमबारको खेल
सर्वाधिक पाँचपटकको विश्वकप विजेता ब्राजिल र उरुग्वेजस्ता टोलीलाई स्तब्ध बनाउन सक्षम कोलम्बियालाई फाइनलमा अर्जेन्टिनाले कमजोर आँक्ने प्रयास गर्ने छैन । केवल विगतको तथ्याङ्कमा अल्झिएर फाइनलमा कोलम्बियालाई कमजोर सम्झने भुल गर्नु अर्जेन्टिनाका लागि इतिहासकै सबैभन्दा ठुलो त्रुटी हुनेछ । हालसम्म २५ खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । कोलम्बियाले भने केवल नौ खेलमा अर्जेन्टिनालाई हराएको छ । यी दुई राष्ट्रबिचको आठ खेल बराबरीमा सकिएको छ ।