रास्वपाको निर्णयविरुद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा उजुरी

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट बर्खास्त गरेका डा. मुकुल ढकालले पदाधिकारी हेरफरबारे पार्टी बैठकको निर्णयलाई अवैधानिक भन्दै निर्वाचन आयोगमा उजुरी गरेका छन् ।

    आइतबार कार्यालय खुललगत्तै उनले उजुरी दर्ता गराएका हुन् । पदाधिकारी हेरफेर गर्ने बैठकलाई अवैधानिक भन्दै उक्त बैठकले गरेका निर्णयहरू पनि अवैधानिक रहेको उनको दाबी छ । ती निर्णय बदरको माग उनले राखेका छन् ।

    समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुअघि सार्वजनिक गरेको, त्यसपछि निरन्तर पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै गत असार २५ गते रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

    ‘यद्यपि, मैले पदमुक्त बारेमा पाटृिबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन’, निर्वाचन आयोगले उनले दिएको निवेदनमा भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाइक्षर्् अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ।’
    आयोग दिएको उजुरीमा उनले आफूलाई पार्टी महामन्त्रीकै हैसियतमा प्रस्तुत गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation