सुनको मूल्य आज हालसम्मकै उच्च , सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड : कतिमा भयो कारोबार ?

  •  

    साताको दोस्रो दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोवार भइरहेको छ ।  यसैगरी,आज चाँदीको मूल्य भने  स्थिर रहेको छ ।

    आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि  सोही  मूल्यमा कारोवार भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation