त्रिभुवन विमानस्थल नजिकै गेस्ट हाउसमा आगलागी

  • त्रिभुवन विमानस्थल नजिकै रहेको सिटी गेस्ट हाउसमा सोमबार (आज) दिउँसो आगलागी भएको छ ।

    प्रहरी वृत्त गौसालाका डीएसपी केशव थेबेका अनुसार हाल आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरीसहित वारुणयन्त्रहरू घटनास्थलमा पुगेका छन् ।

    आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation