‘सबै दलहरू मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँ’

  • गृहमन्त्री रमेश लेखकले सबै दलहरू मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् ।
    आज (बुधबार) टीआरसी विधेयकमा सहजीकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताएका हुन् ।
    उनले भने, ‘हामीले एउटा ठुलो उपलब्धि सबै दलहरू मिलेर प्राप्त गरेका छौं भन्ने हामीलाई लागेको छ , किनभने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्यौं, शसस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भइसकेपछि मुलुकले धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ ।’
    साथै उनले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गरे । उनले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation