
शिक्षक किताबखानाको वेबसाइट ह्याक भएको छ । केही दिनदेखि साइट ह्याक भएको र प्राविधिकले बनाउने काम गरिरहेको किताबखानाका प्रमुख युवराज पौडेलले बताएका छन् । देशभरका सामुदायिक विद्यालयका एक लाख भन्दा बढी शिक्षकहरूको विवरण रहेको वेबसाइट ह्याक हुदा शिक्षकहरूको विवरण जोखिममा परेको छ । देशभरका सामुदायिक विद्यालयमा अध्यापरनरत शिक्षकहरू चिन्तित भएका छन् । उक्त वेबसाइट ह्याक गर्दै ह्याकरले स्क्रिनमा पासकुल फोरडी राखेको छ ।