पेरिस ओलम्पिक खेलमा अमेरिका शीर्ष स्थानमा कायमै
वि.सं.२०८१ साउन २३ बुधवार ०७:५५
1.39K
shares
shares

पेरिस ओलम्पिक खेलमा अमेरिका शीर्ष स्थानमा कायमै
पेरिस ओलम्पिक २०२४ खेलमा अमेरिकाले चीनलाई उछिन्दै खेलको ११औं दिन पनि पदक तालिकामा शीर्ष स्थान कायमै रहेको छ। यस ओलम्पिकमा अमेरिकाले २४ स्वर्ण, ३१ कांस्य र ३१ रजतसहित ८६ पदक जितेको छ। मंगलबार अमेरिकाले ३ स्वर्ण, १ कांस्य र ३ रजतसहित ५ पदक जितेको थियो। यसैगरी चीनले ११औं दिनको समाप्तिमा २२ स्वर्ण, २१ कांस्य र १६ रजत सहित दोस्रोस्थानमा रहेको छ । यस्तै, आयोजक फ्रान्सलाई उछिन्दै अस्ट्रेलिया तेस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलियाले १४ स्वर्ण, १२ कांस्य र ९ रजत जितेको छ।
फ्रान्सले १३ स्वर्ण, १६ कांस्य र १९ रजतसहित ४८ पदक जितेको छ। यो समाचार तयार पार्दासम्म फ्रान्सले मंगलबार एक पदक पनि थप्न सकेन।









