मेरो मृत्युको कामना गर्नेलाई धन्यवादः मेयर हर्क साम्पाङ (भिडियोसहित)

  • धरानका जनताहरुले वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेको अवस्थामा तिनै समस्यालाई सुल्झाउन मेयर हर्कराज राई साम्पाङले दिनरात मिहिनेत गरेर जनश्रमदान जुटाएर पिउने पानीको समस्या समाधान त गरे तर अहिले ग्राहकलाई प्रतिमहिनाको २० रुपैयाँ महसुल बढाउँदा विभिन्न राजनैतिक दलले आन्दोलन गरिरहेका छन् ।
    यसबीचमा बिहीबार दलहरूले उपमहानगरपालिका घेराउ गरेका छन् । यस क्रममा उनीहरूले मेयर राईविरुद्ध नाराबाजी गरेका थिए । खानेपानीको महसुल बढाउने निर्णयमा उनीहरूलाई स्थानीय नागरिकले पनि साथ दिएका छन् ।
    यसैबीच मेयर राईले जनता आफूविरुद्ध खडा भएको लेखेका छन् । बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले लेखेका छन्, ‘जसको निम्ति दिनरात एक बनाएर श्रम गरिरहेँ, जसको घरमा आउने पानीको नाला विरोधीहरूले जलाइदिँदा जंगलमै बास बसी कति रात, कति दिन आगो निभाएँ, जसको सबै खाले सेवा सुविधा र अधिकारका लागि म दिनरात सोचिरहेँ र श्रम गरिरहेँ, तिनै जनताले आज हर्क साम्पाङ मुर्दावाद, हर्क साम्पाङ मरिजाओस् भनेर नारा लगाको सुन्दा खुसी लागेन भन्न मिल्दैन मैले ।’
    उनले आफू विश्वले सम्मान गरिसकेको श्रमदाता भएको दाबी पनि गरेका छन् ।
    महसुल वृद्धिको कारण ‘जसले ऋण लिए, उसैले आज विदेशी ऋण नतिर्न आव्हान गर्दा हौसिएर मलाई मुर्दावादको कामना गरेको देख्दा खुसी लागेको छ, धन्यवाद ती जनतालाई, जसले मेरो मृत्युको कामना गर्दै मुर्दावादको नारा लगाइरहेका छन् ।’
    उनले १० हजार लिटर पानीको महसुल मासिक १ सय ३० देखि १ सय ५० रुपैयाँसम्म पु¥याउँदा महिनाको २० रुपैयाँ मात्र बढेको दाबी गरे । ‘त्यो २० रुपैयाँविरुद्ध अहिले आन्दोलन गर्दै नगरपालिका घेरिएको छ । नारा छ, नालायक मेयर चाहिँदैन ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation