पशुपति कोटीहोममा आचार्य कृष्ण दमाई सम्मानित

533
shares

जन्मँदा कोही पनि ब्राह्मण हुँदैन, जसले उच्च ज्ञान आर्जन गर्दछ, त्यही ब्राह्मण हो । हिजोको समयमा दलितलाई हेयका दृष्टिले हेरिने गरेको भएपनि आज त्यस दृष्टिकोणमा आमूल परिवर्तन हुन थालेको छ । त्यस्तै पशुपति कोटीहोममा आपूm पनि गएर प्रवचन गर्ने मनसाय रहेको भनी केही दिनअघि सामाजिक सञ्जालमा विचार व्यक्त गर्ने कृष्ण दमाईको घर बैतडी हो । उनले नेपाल संस्कृत विद्यापीठ, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका छन् । यो खबर पाएपछि कोटीहोम आयोजक समितिले उनीलाई बोलाएर सम्मानित गरेको छ ।
जन्मना जायते शुद्रस््र संस्कारात् द्विज् उच्यते्र भनी व्याख्या गर्ने ब्राह्मण पण्डितहरुले संस्कृतका विद्वान् आचार्य श्री कृष्ण दमाईले हिन्दु सनातन धर्म, दर्शनका अनुयायी भई संस्कृत विषयमा अध्ययन गर्नु सबै नेपालीको गौरवको विषय हो भनी हिजो उनलाई महायज्ञस्थलमा निम्त्याएर स्वागत र सम्मान गरिएको थियो ।
उनलाई स्वयंसेवकले दुबोको माला लगाइदिएका थिए भने महायज्ञका आयोजक विजय कृष्णमूर्तिले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए । आज उनलाई व्यासमा राखेर थप सम्मान गरियो ।
उनी दलित समुदायबाट संस्कृत विषयमा आचार्य गर्ने व्यक्ति हुन् । संस्कृतमा स्नातकोत्तर गरेर पनि आफूले रोजगारी पाउन नसकेको गुनासो दमाइले गर्दै आएका छन् । धार्मिक कार्यक्रमहरुको आयोजना गर्ने र प्रवचन गर्ने अधिकार समाजले दिनसके अध्ययन गरेको विषयप्रति न्याय हुने छ ।