साहित्यकार नवीन प्रधानद्धारा रचित ‘सादृश्य विम्ब’ कथासंग्रह र ‘लेखान्त’ नाटक दुई कृति लोकार्पण गरिएको छ ।
आज (शनिबार) नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सो पुस्तक विमोचन गरेका हुन् । कुँवरले भने, ‘पेसागत व्यस्थताका साथसाथै गरेका अनुभवका कुराहरुलाई कृतिमार्फत प्रस्तुत गर्न निकै गाह्रो हुन्छ, समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्दै आम नागरीकमा प्रहरी सेवा जस्तो अति नै व्यस्त कार्यशैलीमा रहँदारहँदै पनि साहित्य एवम कलाकृति लेखनमा समेत योगदान दिएर समय निकाल्न सफल भएकोमा आजका श्रष्टाको महत्वपूर्ण भूमिका छ ।’
साथै, उनले साहित्य लेखन एउटा आफैंमा कठिन विषय भएको बताए । उनले साहित्यिक पुस्तक लेख्दा ज्ञान, क्षमताका साथै धैर्यताको पनि उत्तिकै आवश्यकता हुने बताए ।