काठमाडौँको गौरीघाटबाट तास खेलिरहेको अवस्थामा मन्त्रीसहित सक्किगो नि ! टेलिश्रृङ्खलाका कलाकारसहित ९ जना पक्राउ परेका छन् । गौशाला प्रहरी वृत्त गौशालालाई प्राप्त गोप्य सूचनाका आधारमा छापा मार्दा १६ बुक ताससहित ९ जना तास खेलिरहेको अवस्थामा पक्राउ गरेका हुन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले गौरीघाटमा तास खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो । पक्राउ पर्नेमा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी र कलाकार पुरुषोत्तम शर्मासहित ९ जना छन् । शर्मा सक्किगो नि ! टेलि श्रृङ्खलाका कलाकार हुन् । त्यस्तै सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर तामाङ पनि पक्राउ परेका छन् । जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको गौशाला प्रहरी वृत्तले जानकारी दिएको छ । त्यस्तै उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।