बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र आफूलाई एकै ढङ्गले हटाइएको प्रचण्डकाे दावी
वि.सं.२०८१ साउन २७ आइतवार ११:१८
shares
तस्वीर स्रोतः प्रचण्डको सचिवालय ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण गरेका छन् ।पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिवार बोल्दै अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । प्रचण्डले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेश गरेका थिए । दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होसियारीपूर्वक चाल्नुपर्ने बताएका छन् । अब सबैखाले षड्यन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि माओवादीले वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकतासमेत गर्ने बताएका छन् ।










