१९ वर्षमुनिको विश्वकपको एसिया छनोट नेपालले आयोजना गर्ने

  • सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ ।

    शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो ।

    नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो । एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ ।

    एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् ।

    एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation