पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरमा १६ वटा मुद्दा दायर  

  • सोमबार मात्रै हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेता कार्यकर्ताविरूद्ध नारायणगन्जमा हत्याको मुद्दा दर्ता भएको बंगलादेशी अखबार द डेली स्टारले जनाएको छ।
    आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनकैबीच जुलाई २१ मा मोहम्मद मिलनको गोली प्रहार गरी हत्या भएको थियो।
    त्यसदिन प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। उनी विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएनन् न अवामी लिगका कार्यकर्ता नै थिए। त्यसदिन माछा फार्मबाट फर्किँदै गर्दा उनीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। सुरक्षाकर्मीले चलाएको गोली छातीमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
    मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना र ६१ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको द डेली स्टारले जनाएको छ।
    विद्यार्थीहरूको प्रदर्षन नियन्त्रणबाहिर पुगेपछि हसिना अगस्ट ५ मा प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी थिइन्।
    त्यहाँबाट बेलायत जाने भनेपनि भारतमै रहेकी हसिनाविरूद्द बंगलादेशमा अहिलेसम्म १६ वटा मुद्दा दर्ता भएको छ। तीमध्ये १३ वटा हत्याका, एउटा अपहरणको र दुईवटा मानवताविरूद्धको अपराध र नरसंहारसँग सम्बन्धित छ।
    केही मुद्दाहरूबारे अनुसन्धान गर्न बंगलादेशका विभिन्न अदालतले सम्बन्धित प्रहरी कार्यालययाई निर्देशन समेत दिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation