हैजा सङ्क्रमितकाे सङ्ख्या बढ्दाे क्रममा

  • नेपालमा हैजा सङ्क्रमितको संख्या बढ्दाे क्रममा रहेकाे छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमितकाे संख्या ५८ पुगेको हो ।
    स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन् ।
    यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ७ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भईसकेका छन् ।
    बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation