रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    बैठकमा पार्टीले राजधानीमा गर्ने भनेको राष्ट्रिय भेला, कर्णाली विषेश अभियान, संगठन निर्माण सम्बन्धी कार्यविधीबारे छलफल हुने पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

    त्यस्तै, बैठकमा रास्वपाले सातवटै प्रदेशको क्लोज क्याम्पको प्रतिवेदन र उपलब्धिबारे छलफल गरिने झाले बताएका छन् । स्थानीय तह उपनिर्वाचन र संविधान दिवसको कार्यक्रम लगायतका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

    सहप्रवक्ता झाका अनुसार बैठकमा भ्रष्टाचार मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास लगायतको विषयमा समेत छलफल हुने छ ।

     

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation