प्लस टु पढ्ने विद्यार्थीले क्याम्पसमा गरे बम विस्फोट

  • दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ। बिहीबार बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ। बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का अभियान थापा र सुभम कार्की पक्राउ परेका हुन्। उनीहरू प्लस टुका विद्यार्थी हुन्। पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिएको प्रहरीको भनाइ छ। ‘सडकमा सुतली बम सल्काएर क्याम्पसको गेटनजिक फालिएको देखिन्छ। रमाइलोका लागि पड्काएका हौं भनेर उनीहरूले बयान दिएका छन्,’ उनले भने, ‘थप अनुसन्धान हुँदैछ।’ मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भागेका थिए। भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation