त्रिविको सबै सम्पति बाँडेर पार्टी कार्यालय बनाउँदा हुन्छ : सांसद अमरेश कुमार

  • स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बेल्दै उनले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कब्जा गरेको आरोप लगाएका हुन् ।
    उनले भने, ‘पढे लेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुई वटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु दुई वटा दलले आधा आधा सम्पति बाडाैँ र पार्टी अफिस बनाऔं । आधा कांग्रेस बाडाैँ आधा एमाले किनकी विद्यार्थी सबैलाई विदेश लखेटेकै हो यसै मौकामा दुई दलको सरकार छ जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस् ।’
    साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे । उनले भ्रष्टाचारको मुद्दामा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याउन खोजेको आरोप लगाए ।

     

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation