रामेछापमा पहिराे जाँदा एकै परिवारका ४ जनाको मृत्यु ,अन्य ४ जना बेपत्ता 

  • रामेछापकाे दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३– लेकखर्गमा गएको भीषण पहिरोले एकै परिवारका ४ जनाको मृत्यु भएको छ । गए राति वर्षासँगै आएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जानकारी दिएको हो ।
    पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षिय चण्डिका श्रेष्ठ, १८ महिने बालक आमस श्रेष्ठ, ४० वर्षिय उर्मिला पहरी, १७ वर्षिय सन्दिप पहरी, १८ वर्षिय विज्ञान पहरी, १४ वर्षिय सन्तोष पहरी रहेका छन् ।

    पहिरोले ३ घर पुरिँदा अन्य ४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका ७५ वर्षिय फड्की पहरी, ५५ वर्षिय काले पहरी, ५४ वर्षिय झ्याउकिरी पहरी र २३ वर्षिय बिन्दा पहरीकाे खोजी कार्य जारी  रहेको प्रहरीले बताएको छ । उक्त पहिरोमा परि घाइते भएकी १० बर्षकी अन्जना पहरीको उपचार भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation