‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ 

  • काठमाडौंको रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ ।

    दूतावासले छाया सेन्टर क्यु एफएक्समा ३० अगस्टदेखि १ सेप्टेम्बरमा थाई फिल्म फेस्टिबल नेपाल २०२४ आयोजना गर्ने भएको हो ।

    यो फिल्म फेस्टिभल चौथो फिल्म फेस्टिभल हुने काठमाडौंस्थित थाई दूतावासले जनाएको छ । यसअघि थाई फिल्म फेस्टिभल २०१३ मा आयोजना गरिएको थियो।

    यो वर्ष नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ।  लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा थाई फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो।

    यस फेस्टिभलले चलचित्रमा फरक फरक प्रशंसित र पुरस्कार विजेता थाई चलचित्रहरु नाटकदेखि कमेडी, रोमान्स, हरर, र मुवय थाईका चलचित्रहरू प्रदर्शन गर्नेछ।

    छाया सेन्टर क्यु एफएक्स अगाडि चलचित्र सुरु हुनु अघि टिकटहरू निः शुल्क वितरण गरिने पनि दूतावासले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation