के बन्याे यसपालीकाे शिक्षा दिवसकाे नारा ?

  • ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’
  • यस वर्षको शिक्षा दिवसका लागि मूल नारा तय भएको छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मूल नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय बैठकबाट उक्त मूल नारा टुङ्गिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
    अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रूपमा मनाउन सुरु गरिएको छ । दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेका थियो ।
    सोही शब्दहरूका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation