वादशाह नाङ्गिसक्यो भनिदिनुपर्यो सभामुखज्यू : सुदन किराँती
वि.सं.२०८१ भदौ १२ बुधवार ०८:४१
455
shares
shares

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बादशाहका आसेपासेहरुले नाङ्गो वादशाहलाई पनि सरकारको क्या राम्रो वस्त्र भनेर भन्दा वादशाह मख्ख परेको तर एकजना बच्चाले वादशाह नाङ्गै भएको बताएपछि झसंग भएको कथा सुनाउँदै अहिलेको सरकार पनि सोही अवस्थामा पुगिसकेको आरोप लगाएका हुन् ।
उनले भने‚ ‘ हामी के भनौँ सरकारको कमजोरी औँल्याउँदा हनिमुन मनाउन दिएन भन्छन् । परिस्थिति हेर्दा हनिमुन मनाउने छुट छैन । सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनु पर्यो।’
उनले जनतामा आक्रोश बढाएको पनि बताए ।











