एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

  • नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

    बानेश्वरकाे थापागाउँस्थित अर्पण बैंकेटमा सो पार्टीको प्रथम केन्द्रीय कमिटीकाे पूर्ण बैठक सुरु भएको हो ।

    बैठकमा नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने बताइएको छ । बिहीबारको बैठक भदौ ९ देखि जारी केन्द्रीय समिति बैठकको निरन्तरता भएको बताइएको छ ।

    गत असारमा १०औँ महाधिवेशन गरेको एकीकृत समाजवादीले ३४४ जना केन्द्रीय सदस्यहरूमध्येबाट १७ जना पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य छनोट गरेको थियो । बैठकमा पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको औपचारिक घोषणा हुनेछ ।

    केन्दीय समितिकाे पहिलाे बैठकले आगामी कार्ययोजनामा प्रदेश र जिल्ला अधिवेशनसहित नेताहरूको कार्य विभाजन समेत गर्ने सो पार्टीका नेताहरूले बताएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation