फिल्म ‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

  • पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टरः टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गरेको हो ।

    पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका प्रदीपकाे  अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ ।

    कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पबमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमीको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ । तर निर्माणपक्षले स्टोरी खुलाएको छैन ।

    कात्तिक १५ गते रिलिज हुने फिल्म ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation