
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्रीले नेपाल नागरिक उड्ययन प्राधिकरण ९क्यान०का महानिर्देशक प्रदीप अधिकारीलाई जोगाइदिन अनुरोध गरेको गम्भीर आरोप लगाएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद् बजगाईंले रास्वपाका एक सहमहामन्त्री आफूकहाँ आएर अधिकारीलाई जोगाउन आग्रह गरेको आरोप लगाएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री म महाँ हतारिएर आउनुभो । क्यानका डिजी हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे। रवि लामिछाने उहाँको दलको निर्वाचन क्षेत्रको मान्छे। उहाँलाई जोगाउनुपर्यो भनेर अचानक म महाँ आउनुभयो।’
आजकै बैठकमा रास्वपा सांसद सोबिता गौतमले हवाई क्षेत्रसँग सम्बन्धित रहेको दर्ता गरेको सार्वजनिक महत्वको विषयमा छलफल हुँदैछ।
नयाँ भनिएको राष्ट्रिय दलबाट आफूले द्वेत चरित्रको कल्पना समेत नगरेको उनको भनाइ थियो।
उनले थपे, ‘म यहाँ प्रश्न गर्न चाहन्छु। यो द्वेत चरित्रको हाम्रो देश कहाँ पुग्छ। नयाँ पार्टीसँग हाम्रो आशा छ, जनताको भरोसा छ भनिएको छ। यस्तो डबल स्ट्यान्डर्डका कुरा नयाँ पार्टीबाट हुन्छ भन्नेकुरा मैले कहिल्यै कल्पना समेत गरेको थिइनँ।’