काभा क्लब च्याम्पियनसिप : उषा भन्डारी सर्वोत्कृष्ट खेलाडी

  • काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भन्डारी चुनिएकी छिन् ।

    च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् ।

    माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation