५९ अंकले घट्यो नेप्से परिसूचक

वि.सं.२०८१ असोज ७ सोमवार ०९:५४
91
shares
shares

साताकाे दाेश्राे दिन सोमबार सेयर बजार परिसूचक नेप्से ५९ अंकले घटेको छ । नेप्से परिसूचक २६०७ बिन्दुबाट सुरु भएर कारोबार घट्दै २५२९ बिन्दुमा झरेको हाे ।
आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार २२९ कम्पनीको सेयर मूल्य घटेको छ ।आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।