कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरूमा शाखा विस्तार गर्न कठिनाइ : कार्यकारी निर्देशक कार्की

  • काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरूमा शाखा विस्तारमा समस्या भएको बताएका छन् ।

    नागरिक लगानी कोष ३० औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कर्मचारी व्यवस्थापन नभएर शाखा विस्तारमा समस्या आएको भन्दै कर्मचारीहरूको मनोबल उच्च राख्नुपर्ने बताए ।

    उनले भने, ‘कर्मचारीको मनोबल उच्च राख्नुपर्छ भन्ने कुरामा यहाँको कार्यकारी निर्देशक, सञ्चालक समिति धेरै नै संवेदनशील रहेको छ । कर्मचारीको मोटिभेसन विना संस्थाले उन्नति प्रगति गर्न सक्दैन भन्ने कुरामा हामी सबै संवेदनशील भएर लागेका छौ । शाखा विस्तारको कुरामा हामीले मधेश प्रदेशमा शाखा विस्तार गर्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौ । अलिकति कर्मचारी व्यवस्थापनले हामीलाई अप्ठ्यारो पारेको छ ।’

    यसको साथै, उनले अनावश्यक बैंक खाताहरू क्रमिकरुपमा घटाउँदै गएको पनि बताए ।

    उनले भने, ‘अनावश्यक बैंक खाताहरू क्रमिकरुपमा घटाउँदै गएको छौ । नागरिक स्टक डिलरको कुरा हाम्रो सिस्टर अर्गनाइजेसनले व्यवस्थापन गरेका छन् । हाम्रो ५१ प्रतिशत शेयर छ । त्यहाँबाट केही पनि रिटन आउन नसकेको भन्ने कुरा संवेदनशील रूपमा उठाउनु भएको छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation