धेरै कष्ट गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छ : अध्यक्ष नेपाल

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै कष्ट गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका छन् ।

    नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक– काठमाडौं सम्पर्क कमिटीको ४१औँ पिस्कर स्मृति कार्यक्रममा बोल्दै उनले धेरै रगत, पसिना बगाइ कष्ट भोगेर नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका हुन् ।

    उनले भने, ‘अहिलेको पुस्ताले सबै यतिकै भएको सोचेका छन् । यतिकै भएको छैन धेरै रगत बगाउन परेको छ, धेरै पसिना बगाउनु परेको छ , धेरै कष्ट भोग्नु परेको छ, धेरै चुनौतीको सामना गर्नुपरेको छ । नखाई नखाईकन ज्यान जोखिममा राखी राखिकन बल्ल नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छ । प्राय मान्छेलाई लाग्दछ कम्युनिष्ट पार्टीको भविष्य छैन ।’

    यसै गरी उनले राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation