नेपाल निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलनको घोषणा
वि.सं.२०८१ माघ २ बुधवार १५:२३
429
shares
shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रूपमा नलिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै महासंघले माघ ३ गतेदेखि २१ गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको हो ।
निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरू देखा परी निर्माण उद्योग पूर्ण रूपमा धराशायी हुने निश्चित भएकाले निर्माण उद्योगका तमाम समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघ समेतको प्रतिनिधित्व रहने गरी निर्माण उद्योगलाई बचाउनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राखेको छ ।





