प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।

    सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो ।

    भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation