सरकार कुनै औसत काम गरेर दिन बिताउने पक्षमा छैन : अर्थमन्त्री

  • काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औसत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन् ।

    राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकारले कुनै औसत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरूलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए ।

    उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक परिवारलाई मेरो के आग्रह छ भने यो तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका निम्ति कसरी सर्भे गर्ने भनेर सोच्नुहोस् । सरकारले कुनै औसत काम गरेर सरकारको सूचि बढाउने काम गर्दैन । दिन बिताउने पक्षमा छैनौँ । समस्याको निकै लामो चाङ छ । यी समस्याहरूलाई एक एक गरेर पन्छाउँदै जान चाहन्छौँ । छोटो अवधिमा दूरगामी महत्वका उपलब्धिहरू आर्जन गर्न चाहन्छौ । बिषेशगरी अर्थतन्त्रको क्षेत्रका समस्याहरूलाई प्रभावकारी ढङगबाट समाधान गर्न चाहन्छौ । सरकार बनेको दिन गनेर नभई परिणाममुखी काम गरेर अगाडी बढ्न चाहन्छौँ ।’

    उनले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देश भित्र भविष्य खोज्नेहरूको लागि काम गरेको बताए ।

    उनले भने, ‘२९वटा ऐनहरूमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौ । ती अध्यादेशहरू सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदैछ । ती अध्यादेशहरू संसदबाट अनुमोदित हुनेछ । निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविष्य खोज्ने, समाजको भविष्य खोज्नेहरूका लागि सरकारले ऐनहरूमा संशोधन गर्ने अध्यादेशहरूमा निर्णय गरेको हो ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation