काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।
आज थुनछेक बहस नसकिएपछि उनलाई परिवारको जिम्मा लगाइएको हो । उनी भोलि पुनः अदालतमा उपस्थित हुनेछन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।