गायिका एलिना चौहानले गराइन् सम्बन्ध विच्छेदको मुद्दा दर्ता

  • काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।

    शुक्रवार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गराएकी हुन् ।

    चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले सामाजिक सञ्जाल तातिरहेको थियो ।

    गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धूमधामले विवाह गरेकी थिइन् । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation