महिला क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो एकसय २ रनको लक्ष्य

  • महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आज(शनिबार)भएको खेलमा नेपालले थाइल्याण्डलाई एकसय २ रनको लक्ष्य दिएको छ ।
    शनिबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रनको लक्ष्य दिएको हो ।
    दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
    थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो ।
    नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो । थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलो पटक खेलिरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation