गायिका एलिना चौहानको आग्रह : निजी जीवनबारे धेरै चर्चा नगरिदिनुहोस्

  • रौतहट । गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिवार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन ।

    आफू प्रेम सम्बन्धमा रहँदा मनमुटाब हुने गरे पनि विवाहपछि नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गाँसिएको उल्लेख गरेकी छिन् ।

    विवाह कसैले पनि सम्बन्ध विच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन् ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्ध विच्छेद गर्न लागेको प्रष्ट पारिन् ।

    अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धूमधामसँग बिहे गरेकी एलिनाले शुक्रवार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् ।
    निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न आग्रह गरेकी छिन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation