सुनचाँदीको मूल्य बढ्यो

  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।

    जसअनुसार आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोवार भएको  छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation