एकीकृत समाजवादीको मुगु जिल्ला अधिवेशनमा बलराम साहनी निर्विरोध अध्यक्षमा

1.42K
shares

मुगु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मुगुको नवौँ जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित बलराम साहनीको टिम विजयी भएको छ ।

मङ्गलवार सम्पन्न अधिवेशनले बलराम साहनीको नेतृत्वमा ६५ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको छ । उपाध्यक्षमा पदमबहादुर मल्ल, वीरेन्द्र मल्ल उपाध्यक्ष ,युवराज रावल सचिव,उपसचिव बास्तोला शाही , उपसचिव भान बहादुर बुढालाई ६५ जना जिल्ला कार्यसमिति चयन गरिएको छ।

अधिवेशन पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, पार्टीका सचिव तथा कर्णाली प्रदेश कमिटीका इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, पार्टीका केन्द्रीय सदस्य धर्म बहादुर शाही र जयानन्द रावल, प्रदेश कमिटी सचिव धीरबहादुर विष्टलगायत नेताहरूको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

आउँदा दिनमा पार्टीलाई विभिन्न क्षेत्र वर्ग लगायत सरोकारवालासँग सहकार्य गरी अगाडि बढाएर लिने नवनिर्वाचित अध्यक्ष बलराम साहनीले बताए ।