राप्रपा युवा संगठनमा विवाद, अधिवेशन स्थगित
वि.सं.२०८२ साउन २८ बुधवार १३:४९
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौंको अधिवेशन बिथोलिएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको अधिवेशनमा दुई पक्षबीच विवाद भएको छ ।
अधिवेशनमा हात हालहालको अवस्था उत्पन्न भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका छन् । नाराबाजी सुरु भएपछि सम्मेलन बिथिलिएको छ ।
अध्यक्ष लिङ्देनको निर्देशन असन्तुष्ट पक्षले अस्वीकार गर्दै समिति गठन गरेको घोषणा गरेको छ ।
निर्वाचन समिति एकलौटी बनाएको हुँदा विवाद उत्पन्न भएको असन्तुष्ट पक्षको दाबी छ ।
विधानसम्मत अधिवेशन नभएको आरोप असन्तुष्ट पक्षको छ । काठमाडौं अधिवशेनका लागि गठन गरेको निर्वाचन समिति विधिसम्मत नभएको असन्तुष्ट पक्षको दाबी छ ।
निर्वाचन कार्यतालिका सार्वजनिक नगरी र प्रतिनिधि यकिन नगरी अधिवेशन गर्न लागिएको संस्थापनइतरको भनाइ छ ।
जिल्ला अधिवेशन विधानसम्मत गर्नुपर्ने महामन्त्री डा। धवलशमशेर राणा पक्षको माग छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधिवत गठन भएका स्थानीय तहका समिति वा अधिवेशन सम्पन्न भएका समिति मात्र कायम गरिनुपर्ने संस्थापनइतर पक्षको माग छ ।
विधिभन्दा बाहिर रहेर गठन भएका वैधानिक समिति विरुद्ध गठन गरिएका समितिलाई मान्यता दिनु नहुने अडान इतरको पक्षको छ ।
सम्बन्धित नगररप्रदेशरक्षेत्रको पार्टी अध्यक्षको उपस्थितिमा सम्पन्न भएको अधिवेशनलाई मात्रै मान्यता दिनुपर्ने, निर्वाचन कार्यतालिका निर्वाचनभन्दा २४ घण्टा अघि प्रकाशित गर्नुपर्ने र ‘अवैधानिक निर्वाचन समिति’ विघटन गरी नयाँ निर्वाचन समिति सहमतिमा गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ ।













