रामेछाप कारागारबाट भाग्न खोज्ने दुई कैदीको गोली लागेर मृत्यु, १२ घाइते
वि.सं.२०८२ भदौ २६ बिहीवार ०९:४९
1.79K
shares
shares

काठमाडौं । जिल्ला कारागार रामेछापबाट भाग्न खोज्ने दुईजना कैदीको गोली लागेर मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
“जेल ब्रेक गरेर भाग्न खोज्ने कैदीलाई बाहिर निस्कन नदिन हामीले अन्तिमसम्म प्रयास गर्यौँ,” रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भने, “तर, जेल नै ब्रेक गरेर भाग्न खोजेपछि गोली नै चलाउनु पर्ने अवस्था आयो ।”
कारागारमा ३३४ कैदीबन्दी रहेको उनले जानकारी दिए । “कोही पनि भाग्न पाएन । अहिले अवस्था सामान्य भइसकेको छ,” प्रमुख जिल्ला अधिकारी थापाले भने ।












