काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बनेको जनकपुर बोल्ट्सका खेलाडीहरूलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रवार जनकपुरधाममा भव्य स्वागत गरिएको हो ।