काठमाडौं । जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ ।
बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो ।
बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो ।
टोली घोषणा गरेसँगै बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोशन विक, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ गते देखि मधेस प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेश) को सहभागिता रहने छ ।
सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबिचमा फाइनल हुनेछ । जनकपुर र वीरगन्जमा हुने प्रतियोगितामा बागमती प्रदेशको लिगका सबै खेल जनकपुरमा हुनेछ । बागमतीले उद्घाटनकै दिन मधेस प्रदेशको सामना गर्नेछ ।