राष्ट्रिय पुरुष र महिला खो खो टोली स्वदेश फिर्ता

  • काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरुष र महिला खो खो टोली स्वदेश फर्किएका छन् ।

    सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्यान्ड बाजा सहित भव्य रूपमा स्वागत गरेका छन् ।

    सोही क्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सबै खेलाडीहरूलाई बधाई दिँदै खेलको प्रशंसा गरेका छन् ।

    उनले भने, ‘म राष्ट्रिय पुरुष र महिला खो खो टोलीलाई बधाई दिन चाहन्छु । नेपालमा यो खेलको इतिहास हेर्ने हो भने त्यति लामो छैन तर यो खेल त्यो खेलभित्र पर्‍यो जसले नेपाललाई विश्वकपमा पु¥यायो । यो सत्य हो ।’

    टोलीलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जन लगायतले स्वागत गरेका हुन् ।

    हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation