अब बन्ने कांग्रेस सरकारले मल कारखाना स्थापना गर्छ : नेता निधि

  • रौतहट । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेर बहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताएका छन् ।

    बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गरे ।

    मल पनि दुई/तीन प्रकारको भएको भन्दै उनले रसायनिक वा आर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा पटक पटक बहस भएको तर स्थापना नहुँदा आफु पनि चिन्तित भएको बताए । अब बन्ने कांग्रेस नेतृत्वको सरकारले ध्यान दिने उनले जिकिर गरे ।

    पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवमं नेपाली काँग्रेसका पूर्वकेन्द्रिय, उप–सभापति समेत रहेका निधिले निजगढ काठमान्डौ दुर्तमार्ग (फास्टट्यक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्कामा परिपुरक रहेकाले दुबै बन्नु पर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय मापदण्डको नियम अनुसार नै दुबै बनेको उनले दाबी गरेका छन ।

    उनले मधेश प्रदेश कृषि उत्पादनका लागि उवरभूमी भएकाले यहाँका किसानको समस्या बुझेर सामधान गरि उत्पादनमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation