काठमाडौं । भारतमा भएको रेल दुर्घटनामा ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
भारत महाराष्ट्रको जलगाउँ जिल्ला परधाडे स्टेसन नजिकै दुर्घटना भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।
रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् ।